परिचय
नेपाल फार्मस् एडभाइजरी काउन्सिल, कृषि क्षेत्रमा संलग्न सरकारी तथा गैर सरकारी निकायका विशिष्ट व्यक्तित्व तथा विज्ञहरूद्वारा कम्पनी ऐन २०६३, अन्तर्गत बि.सं. २०७८ मा स्थापना गरिएको कम्पनी हो ।
कार्यक्षेत्र
उत्पादनमूलक, व्यापारमूलक, सेवामूलक तथा अनुसन्धानमूलक, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय परामर्श सेवा समेतको कारोवार कम्पनीका कार्यक्षेत्र हुन् ।
उद्देश्य
कम्पनीले कृषि, पशु, वन तथा वातावरणसम्बन्धी व्यवसाय गर्ने कृषक, व्यवसायी, उद्यमी, संस्था, समूह वा सहकारीहरूलाई आवश्यक पर्ने सेवा उपलब्ध गराउँछ । त्यस्ता सेवाहरूमा परामर्श, अध्ययन, अनुसन्धान मुख्य छन् । वित्तीय साक्षरता, तालिम साथै ती निकायलाई व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने बित्तीय स्रोत जुटाइ दिने कार्य पनि गर्दछ । यसका लागि बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय र सहकार्य गराउने उद्देश्य कम्पनीको रहेको छ ।
